राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा नवमी - २४
दूरदृष्टि: वन श्रोतको प्रभावकारी संरक्षण तथा व्यवस्थापन गरि राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने । लक्ष्य: वनश्रोतको दिगो व्यवस्थापन गरी हरित रोजगारी श्रृजना गर्दै वन पैदावार निर्यातमुखी जिल्ला निर्माण गर्ने । उद्धेश्यहरु: १) जिल्लाको वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा व्यवस्थापन गर्ने । २) स्थानीय समुदायको वन पैदावारमा आधारित मागको सरल र सहज आपुर्तिको व्यवस्था गर्ने । ३) सबै प्रकारका वन अपराधहरुलाई नियन्त्रण गर्ने । ४) वन पैदावारमा आधारित उद्योगहरुलाई पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध गराउने ५) स्थानीय रुपमा हरित रोजगारी श्रृजना गर्ने । ६) समुदायमा आधारित वन व्यवस्थापन प्रणालीलाई सक्रियकरण गरी सुदृढ तथा प्रभावकारी बनाउने । ७) जडिबुटिहरुको संरक्षण तथा खेती विस्तार गर्दै दिगो उपयोग गर्ने । ८) जलवायु परिवर्तन अनुकूलन तथा न्यूनिकरणलाई विकास निर्माणमा मुल प्रवाहिकरण गर्ने । ९) मानव वन्यजन्तु द्धन्द न्युनिरकण गर्ने । १०) उपलब्ध जनशक्ति र श्रोत साधनको प्रभावकारी नतिजामुखी परिचालन गर्ने ।
वन व्यवस्थापन योजनाको दूरदृष्टि, लक्ष्य तथा उद्देश्यहरु हासिल गर्न निम्न रणनीतिहरु अवलम्बन गरिने छ : १) जिल्लाको वन, वनस्पति, वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा व्यवस्थापन गर्ने । क) डिभिजन वन कार्यालयको संस्थागत संरचना सुधार गर्ने, ख) डिभिजन वन कार्यालयका कर्मचारीहरको क्षमाता अभिवृद्धि गर्ने, ग) डिभिजन वन कार्यालयमा श्रोत साधन व्यवस्थापन गर्ने, घ) सब-डिभिजन वन कार्यालयको संस्थागत विकास गर्ने, ङ) जिल्लाभित्रको जैविक विविधताको अभिलेखिकरण गर्ने, च) प्रजातीगत/जैविक विविधता संरक्षण कार्ययोजना तयार गर्ने, छ) जैविक विविधता महत्वपुर्ण क्षेत्रहरुको नक्सांकन तथा संरक्षण गर्ने, ज) जैविक विविधता संरक्षणको लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने, झ) जैविक विविधता संरक्षणमा समुदायको सहभागिता गर्ने । २) स्थानीय समुदायको वन पैदावारमा आधारित मागको सरल र सहज आपुर्तिको व्यवस्था गर्ने क) राष्ट्रिय वन व्यवस्थापनलाई प्रभावकारी बनाउने ख) सामुदायिक वनहरुको उत्पादनमुखी व्यवस्थापन गर्ने ग) कबुलियती वन क्षेत्रमा वृक्षारोपण गर्ने घ) संम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्ने ङ) वन पैदावारको संकलनलाई नियमित गर्ने च) जडिबुटिहरुको दिगो संकलन गर्ने ३) सबै प्रकारका वन अपराधहरुलाई नियन्त्रण गर्ने । क) डिभिजन वन कार्यालयमा वन अपराध नियन्त्रण ईकाइ स्थापना गरी परिचालन गर्ने, ख) वन अपराध नियन्त्रणको लागि आवश्यक समाग्री व्यवस्थापन गर्ने, ग) वन अपराध नियन्त्रणमा समुदाय परिचालन गर्ने, घ) वन मुद्धाको अनुसन्धान, तहकिकात तथा अभियोजनको लागि कर्मचारी क्षमाता अभिवृद्धि गर्ने, ङ) वन कर्मचारी परिचालनको लागि कार्यविधि तयार गरी लागु गर्ने च) वन गस्तीलाई नियमित गर्ने छ) वन फर्निचर तथा काष्ठ उद्योगहरुलाई नियमन गर्ने ज) अतिक्रमण नियन्त्रण समितिलाई सशक्तरुपमा परिचालन गर्ने झ) वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणको लागि सचेना कार्यक्रम संचालन गर्ने ४) वन पैदावारमा आधारित उद्योगहरुलाई पर्याप्त मात्रामा कच्चा पदार्थ उपलब्ध गराउने । क) निजी वनबाट प्राप्त हुने वन पैदावारको तथ्याङ्क व्यवस्थापन गर्ने ख) निजी वनमा वृक्षारोपण प्रवर्द्धन गर्ने, ग) सामुदायिक वनहरुबाट काठदाउरा/वन पैदावार विक्रिवितरण कार्यलाई सहजिकरण गर्ने घ) वन उपभकोक्ता समुहबाट वन उद्यम सञ्चालनको लागि प्रोत्साहन गर्ने ङ) ढलापडा काठदाउरा संकलनलाई नियमित गर्ने च) वन पैदावारको नियमित लिलाम विक्रि कार्य संचालन गर्ने छ) उत्पादनशिल वन क्षेत्रको पहिचान गरी वन सम्वर्द्धन प्रणाली अवलम्बन गर्ने ज) कबुलियती वन क्षेत्रमा जडिबुटी खेती विस्तार गर्ने झ) जिल्लाभित्रका वन उद्यम संचालनको लागि प्रोत्साहन तथा सहजिकरण गर्ने ५) स्थानीय रुपमा हरित रोजगारी श्रृजना गर्ने । क) वन पैदावार (काष्ठ/गैरकाष्ठजन्य) संकलनको लागि स्थानीय समुदायलाई प्राथमिकतामा राख्ने ख) वनमा आधारित रोजगारीको तथ्यांकिय प्रणाली (Database System) संचालन गर्ने ग) वृक्षारोपण, विरुवा संरक्षण तथा वन संरक्षण कार्य रोजगारीमा आधारित प्रणाली अनुसार व्यवस्थित गर्ने घ) वन पैदावारमा आधारित उद्योगहरुको स्थापना तथा संचालन मार्फत हरित रोजगारी श्रृजना गर्ने ङ) गैरकाष्ठ वन पैदावारहरुको प्रारम्भिक प्रशोधन जिल्लाभित्र नै गर्ने व्यवस्था गर्ने च) ढलापडा संकलन कार्यमा स्थानीय समुदाय परिचालन हुने व्यवस्था गर्ने छ) वन पैदावारमा आधारित उद्योगहरुमा भएका रोजगारीको तथ्याङ्किय प्रणाली स्थापना गर्ने ६) समुदायमा आधारित वन व्यवस्थापन प्रणालीलाई सक्रियकरण गरी सुदृढ तथा प्रभावकारी बनाउने । क) जिल्लाका सबै सामुदायिक वनहरुको वन व्यवस्थापन कार्ययोजना नविकरण गर्ने ख) सामुदायिक वनहरुको वन प्राविधिकहरु मार्फत व्यवस्थापन गर्ने ग) सामुदायिक वन उपभोक्ता समुहको लेखा व्यवस्थापन गर्ने घ) सामुदायिक वन उपभोक्ता समुहहरुलाई कर प्रणालीमा समाहित गर्ने ङ) सामुदायिक वन कार्य समितिहरुको अद्यावधिक गर्ने च) सामुदायिक वन उपभोक्ता समुहहरुको अभिलेख व्यवस्थापन सुदृढ गर्ने छ) कबुलियती वन क्षेत्रमा सम्भाव्यताका आधारमा जडिबुटी खेती विस्तार गर्ने ज) कबुलियती वन उपभोक्ता समुहमा जिविकोपार्जनमुखी कार्यक्रम संचालन गर्ने झ) सामुदायिक वनभित्रका खाली स्थानहरुलाई कबुलियती वनको रुपमा उपभोक्ताहरुलाई उपलब्ध गराउने ७) जडिबुटिहरुको संरक्षण तथा खेती विस्तार गर्दै दिगो उपयोग गर्ने । क) पकेट क्षेत्रमा जडिबुटी विकास तथा विस्तार कार्यक्रमलाई थप व्यवस्थित गर्ने ख) टिमुर, जटामसि, अत्तिस, समायो, ओखर लगायतका उच्च मुल्यका गैरकाष्ठ वन पैदावारको खेती प्रवर्द्धन गर्ने ग) उच्च पहाडि क्षेत्रमा पाईने उच्च मुल्यवान जडिबुटि संरक्षणको लागि कार्ययोजना तयार गरी लागु गर्ने घ) निजि जग्गामा जडिबुटी खेती विस्ताको लागि किसानहरुलाई प्रोत्साहन गर्ने ङ) जडिबुटीको प्रथम चरणको प्रशोधन/ग्रेडिङ्ग जिल्लाभित्र नै गर्ने व्यवस्था गर्ने च) खर्क प्रणालीमा आधारित जडिबुटिहरुको संरक्षण गर्ने छ) स्थानीय जडिबुटी संकलकहरुमा सचेतना विस्तार गर्ने ८) जलवायु परिवर्तन अनुकूलन तथा न्यूनिकरणलाई मुल प्रवाहिकरण गर्ने । क) सामुदायिक वन तथा कबुलियती वन कार्ययोजनामा जलवायु परिवर्तन अनुकुलन समावेश गर्ने ख) वन उपभोक्ता समुहमा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम संचालन गर्ने ग) स्थानीय समुदायमा जलवायु परिवर्तन सचेतना विस्तार गर्ने घ) जलवायु परिवर्तन नमुना सामुदायिक वन कार्यक्रम लागु गर्ने ङ) स्थानीय तहहरुमा जलवायु परिवर्तन मैत्री पुर्वाधार निर्माण सचेतना कार्यक्रम संचालन गर्ने ९) मानव वन्यजन्तु द्धन्द न्युनिरकण गर्ने । क) मानव वन्यजन्तु द्धन्द न्युनिकरणको लागि सचेतना विस्तार गर्ने ख) घाईते वन्यजन्तुको उद्धार तथा उपचारको लागि समाग्री व्यवस्थापन गर्ने ग) घाईते वन्यजन्तुको उद्धारको लागि कर्मचारीको क्षमाता विस्तार गर्ने घ) वन्जन्तु द्धन्द बढि हुने स्थानहरुमा वन्यजन्तुले नखाने जडिबुटी तथा कृषिबालीको प्रवर्द्धन गर्ने ङ) वन्यजन्तु क्षतीबापतको राहत वितरण सम्बन्धि कार्यलाई प्रभावकारी कार्यन्वयन गर्ने १०) उपलब्ध जनशक्ति र श्रोत साधनको प्रभावकारी नतिजामुखी परिचालन गर्ने । क) फिल्ड स्तरका कर्मचारीहरुलाई सव डिभिजन वन कार्यालयमै रहनको लागी फिल्ड कार्यालयको व्यवस्थापन गर्ने ख) वन कर्मचारी फिल्ड पोशाकलाई अनिवार्य पालना गर्ने ग) सुचकमा आधारित कार्य सम्पादन मुल्याङ्कनलाई प्रभावकारी कार्यन्वयन गर्ने घ) कार्यालयमा उपलब्ध सवारी साधनको प्रभावकारी परिचालन गर्ने ङ) कर्मचारीहरुको नियमित मासिक बैठक गर्ने च) कर्मचारीहरुको मासिक प्रतिवेदन नियमित गर्ने छ) कर्मचारीहरुको गुनासो सुनुवाईको व्यवस्था गर्ने
परिचय कर्णाली प्रदेश का १० जिल्लाहरू मध्ये एक हो। यस जिल्लाको सदरमुकाम सिमकोट हो। यस जिल्लाको क्षेत्रफल ५,६५५ वर्ग किलोमिटर रहेको छ भने यस जिल्ला नेपालमा डोल्पा पछिको दोस्रो ठुलो क्षेत्रफल भएको जिल्ला हो। राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसङ्ख्या ५५,३९४ रहेको छ। जिल्लामा ७ वटा स्थानीय तहहरू रहेका जसमध्ये सबै गाउँपालिकाहरू हुन्।हुम्ला जिल्लाको दक्षिणी र मध्य भागमा सिंजा उपत्यकाबाट उत्पत्ति भएका खस समुदायको बसोबास छ भने हुम्लाको उच्च र उत्तरी भागमा प्रायः सांस्कृतिक रूपमा तिब्बती समुदायको बसोबास छ।सन् १३९३ मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना जुवाइँ बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरेका थिए। बहादुर शाहको कालमा वि. सं. १८४६ मा जुम्लालाई गोर्खाली फौजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौजले यो विद्रोह दवाउनुका साथै तिब्बत सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। वि. सं. २०१८ सालमा भएको नेपालको राजनीतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुगेको थियो । नेपाल सरकारबाट मिति २०७३।११।२७ गते राजपत्रमा प्रकाशित सूचनानुसार यस जिल्लाको पुर्नसंरचना भर्इ हाल यस जिल्लामा १ वटा संघीय निर्वाचन क्षेत्र तथा २ वटा प्रादेशिक निर्वाचन, ७ वटा गाउँपालिका रहेका छन जस अन्तर्गत ४४ वटा वडाहरु रहेका छन। समुन्द्र सतहदेखीको भौगोलिक अवस्थितीको हिसाबले यस जिल्लाको १५२४ मिटरदेखि ७३३७ मिटरसम्ममा फैलिएको छ । विश्व मान चित्रमा भौगोलिक अवस्थितीको हिसाबले यो जिल्ला पुर्वी ८१°.१८'.८२ देखि ८२°.७' पूर्व र उत्तरी अक्षांश २९°.३५' देखि ३०°.५७' सम्म अवस्थित रहेको छ भने यस जिल्लाको जम्मा जम्मा क्षेत्रफल ५६५५ वर्ग कि मि रहेको छ। यस जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमा बझाङ र चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछन्। भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र पहाडी तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएको छ। राष्ट्रिय सडक सञ्जाल हालै मात्र पुगेको छ।।हुम्ला जिल्लाको स्थानिय तह अनुसारको विवरण तल तालीकामा प्रस्तुत गरीएको छ ।