• कर्णाली प्रदेश सरकार

    उद्याेग,पर्यटन, वन तथा वातावरण मन्त्रालय

    वन तथा वातावरण निर्देशनालय

    डिभिजन वन कार्यालय

    हुम्ला


    परिचय

    यस डिभिजन वन कार्यालय वि.सं. २०४० सालमा हुम्ला जिल्ला वन कार्यालय सिमिकोटको नामबाट सञ्चालन भएको थियो भने वि.स. २०४३ साल देखि २०४६ साल सम्म जिल्ला वन शाखा हुम्लाको नामले सञ्चालन भएको र पुनः वि.स. २०४७ सालबाट जिल्ला वन कार्यालय हुम्लाको नामबाट कार्य सञ्चालन भै आएकोमा वि.स.२०७५ साल देखि डिभिजन वन कार्यालय, हुम्ला नामाकरण गरिएको छ । हाल ३ वटा सव–डिभिजन वन कार्यालय मार्फत जिल्ला भित्रको वन जङ्गलको संरक्षण सम्बद्र्धनको साथै विरुवा उत्पादन, वृक्षरोपण, नर्सरी निमार्ण जस्ता कार्यक्रम संचालन गरी खाली पर्ति। नाङ्गो डाँडाहरुको व्यवस्थापन गर्दै आएको छ । हालसम्म जिल्ला भित्रका ९५ सामुदायिक वन र १२५ कबुलियति वनको रुपमा हस्तान्त्रण गरी जनसमुदायमा मार्फत व्यवस्थापन गर्दै आएको छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने यस हुम्ला जिल्ला प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधता तथा मनोरम दृश्यले भरिपूर्ण हिमाली जिल्ला हो। यहां विविध भेषभूषाका जातजाती एवं विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरुका तपोकेन्द्रहरु सुसज्जित छन। खार्पूनाथ मन्दिर, रिञ्चेलिङ्ग गुम्बा, रलिङ गुम्बा, तिब्बतको मानसरोवर र कैलाश पर्वत पुग्ने प्रमुख द्घार, लिमि उपत्यका, कर्णाली जलबिहार, पञ्चमुखी, दुधकुण्ड, गोरखखाङ हिमाल, लगायतका स्थानहरुका कारण यस जिल्लालाई धार्मिक एवम् पर्यटकीय गन्तब्य मानिन्छ । हुम्ला जिल्लाको भौगोलिक अवस्थिति हेर्दा यो जिल्ला २९°३५ देखि ३०°५७ उत्तरी अक्षांश र ८१°१८ देखि ८२°१० पुर्वी देशान्तरमा फैलिएको छ । कूल ५६५५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यो जिल्ला नेपालको डोल्पा पछिको दोश्रो ठुलो जिल्ला हो । हुम्ला जिल्ला समुन्द्री सतहबाट १२२० मिटर देखि ७३३७ मिटरको उचाईमा अवस्थित रहेको छ । यस जिल्लाको पुर्वमा मुगु, पश्चिममा बझाङ र चिनको स्वशासित क्षेत्र तिव्वत, उत्तरमा चिनको स्वशासित क्षेत्र तिव्वत र दक्षिणमा बाजुरा र मुगु जिल्ला पर्दछ । भौगोलिक क्षेत्र र बनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च हिमाली क्षेत्र, उच्च पहाडी क्षेत्र र नदिको बेँसी गरी तीन भागमा विभाजन गर्न सकिन्छ । ७ गाउँपालिकामा विभाजित हुम्ला जिल्लामा संघीय निर्वाचन प्रणाली अनुसार १ र प्रदेश निर्वाचन प्रणाली अन्र्तगत २ वटा निर्वाचन क्षेत्र रहेको छ । यस जिल्लाको सदरमुकाम सिमकोट हो, जुन समुद्र सतहदेखि २९४५ मिटर उचाईमा अवस्थित छ ।

    उदेश्य

    जिल्लाका सबै प्रकारका वनहरुको व्यवस्थापन गरी वन पैदावरहरु योजनाबद्ध तवरले सतत् रुपमा परिपूर्ती गर्न स्थानिय उपभोक्ताहरुलाई वन व्यवस्थापनमा अग्रसर गराउने | सामुदायिक वन कबुलियती वन विकास कार्यक्रम मार्फत बिपन्न, पछाडि पारिएका बर्ग र महिलाहरुको आर्थिक, भौतिक र सामाजिक स्तर बृद्धि गरी उनीहरुको जीविकोपार्जनमा टेवा पु¥याउने | गरिबि निवारणको लागि निजी क्षेत्रलाई वन विकास कार्यक्रममा प्रभावकारी रुपले सम्मिलित गराउन कबुलियती वन तथा निजी वन कार्यक्रम संचालन गर्ने | पर्यापर्यटन (भ्अयतयगचष्कm० को विकास गर्ने | जैविक विविधताको संरक्षण, सम्बद्र्धन, प्राकृतिक वातावरण संरक्षण तथा विकास बिच संतुलन कायम गर्ने | बंशानुगत श्रोतको संरक्षण र विकास गर्ने | जडिबुटी व्यवस्थापनमा विशेष जोड दिने,

    केन्द्रको जिम्मेवारी

    गरिबि निवारणको लागि निजी क्षेत्रलाई वन विकास कार्यक्रममा प्रभावकारी रुपले सम्मिलित गराउन कबुलियती वन तथा निजी वन कार्यक्रम संचालन गर्ने | पर्यापर्यटन (भ्अयतयगचष्कm० को विकास गर्ने | जैविक विविधताको संरक्षण, सम्बद्र्धन, प्राकृतिक वातावरण संरक्षण तथा विकास बिच संतुलन कायम गर्ने,

    © 2020 Copyright : डिभिजन वन कार्यालय, हुम्ला
    Last Updated: 2020/09/17
    Developed By: Ninja Infosys Pvt. Ltd.